दफा
जरिवाना गर्ने

दफा ४ बमोजिमको म्यादभित्र करको रकम दाखिल नगरेमा कर अधिकृतले देहाय बमोजिम जरिवाना गर्नेछ :

(क) दाखिल गर्नु पर्ने म्याद नाघेको पहिलो तीस दिनसम्मलाई कर रकमको पाँच प्रतिशतसम्मका दरले ।

(ख) त्यस पछिको पैंतालीस दिनसम्मलाई कर रकमको दश प्रतिशतसम्मका दरले ।

(ग) त्यसपछि सो आर्थिक वर्षको अन्तसम्मलाई कर रकमको बीस प्रतिशतसम्मका दरले ।